प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

साउन ०३, २०७८


साउन ३, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको धारा ७६ को ५ अनुसार एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।