नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा नयाँ नेतृत्व

साउन १९, २०७८


नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।

भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ ।

पाँचौ महाधिवेशनले खगेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य, महिला उपाध्यक्षमा सरिता भारती, संगठन उपाध्यक्षमा दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्षमा सुवास बुढाथोकी, महासचिवमा राजन थापा, सचिवमा प्रदिप वास्तोला, सह–सचिवमा सुरेशकुमार राउत, कोषाध्यक्षमा कमला कुमारी जोशी, सहकोषध्यक्षमा प्रवण भुसाल र केन्द्रीय सदस्य तथा प्रवक्तामा कल्याण अधिकारी, केन्द्रीय सदस्यमा डेविलसिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्य कृष्ण भट्टराई निर्वाचित भएका छन् ।

उक्त समारोहमा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय लाई संगठनले मानार्थ सदस्यता प्रदान गरेको थियो ।

कार्यक्रममा संगठनका मानार्थ सदस्य चलचित्र निर्देशक माधवराज खरेल, सल्लाहकार अभिनेता श्रीदेव भट्टराई लगायतको सहभागीता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगानका रचनाकार व्याकुल माईला रहेका थिए ।

निर्वाचन अधिकृत तथा सञ्चारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको हो ।