पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य फेरि बढायो

भदौ ०८, २०७८


नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल तथा डिजलरमट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य सोमबार राति १२ बजे देखि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजल र मट्टीतेलको ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । यस्तै, एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ । मूल्य समायोजन पछि पनि निगमलाई अब पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर ४२०.७५ रुपैयाँ घाटा हुने जनाएको छ ।