अष्टलक्ष्मी मेरै चाहना अनुसार मुख्यमन्त्री बन्नु भएको हो : माधव नेपाल

भदौ ०८, २०७८


प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै चाहना र सुझाव अनुसार अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्न गएको बताएका छन् । चन्द्रागिरी रिसोर्टमा दुई दिन देखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले आफूहरू सँग केन्द्रीय कमिटी र संसद दुवैमा २० प्रतिशत भन्दा बढी सदस्य भएको दावी गरे ।