एकीकृत समाजवादीका अध्यक्ष नेपाल सनाखतका लागि निर्वाचन आयोगमा

भदौ ०९, २०७८


भदौ ९, सनाखतका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । नेपालसहितका केन्द्रीय सदस्य र सांसदहरू आयोगमा पुगेका हुन् । सनाखतका लागि आयोगले ११ बजेदेखि २ बजे सम्म समय तोकेको छ ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिद्वारा जारी राजनीतिक दलसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत आवश्यक हुन्छ । सोही व्यवस्थाअनुसार एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतमा सहभागी हुन आयोग पुगेका छन् । दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।