नेकपा एकीकृत समाजवादीमा २९ सांसद र ५४ केन्द्रीय सदस्यको सनाखत

भदौ ०९, २०७८


भदौ ९, नवगठित नेकपा एकीकृत समाजवादीका पक्षमा २९ सांसद उभिएका छन् । केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् । यस्तै, पार्टी वरिष्ठ नेता झलनाथ खनालसहित ५५ जना केन्द्रीय सदस्य सनाखतमा सहभागी भएका छन् ।

नयाँदिल्लीमा उपचाररत वरिष्ठ नेता खनालले त्यहाँ स्थित नेपाली दूतावास मार्फत पार्टी दर्ताका पक्षमा सनाखत गरेका हुन् । वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालले पनि आयोग पुगेर सनाखत गरेका छन् । यसअघि पार्टी दर्ताका लागि निवेदनमा हस्ताक्षर गरेका केही केन्द्रीय सदस्य भने सनाखतमा उपस्थित भएनन् ।