प्रचण्डकी नातिनी स्मीताले गाइन् हिन्दी गीत

भदौ १८, २०७८


नेपाल कम्युनिष्ट पाटी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् ।

केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस, रुईयाले निर्देशन गरेका हुन् ।