पाँच प्रतिशतले घटेपछि शेयर कारोबार बन्द

भदौ २०, २०७८


काठमाण्डाै – पाँच प्रतिशतले घटेपछि शेयर बजारको कारोबार बन्द भएको छ । बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अङ्क अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  आज कारोबार भएका दुई सय १५ वटा कम्पनीमध्ये सनराइज बैंक डीबेञ्जर, सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, नविल सम्बृद्धि फण्ड र सिटिजन म्युचुअल फण्डबाहेक सबै कम्पनीको शेयर घटेको छ ।बजार बन्द हुनुअघि ४० वटा कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।