साउथ इन्डियन फिल्म हेर्नका लागि पाँच साइट

असोज १३, २०७८


काठमाडौँ- साउथ इन्डियान फिल्म मनोरञ्‍जनको एक प्रमुख स्रोत हो । मानिसहरूका लागि कोरोना लकडाउनकालमा साउथ इन्डियन फिल्म तथा वेबसिरिजहरू मनोरन्जनको एक प्रमुख माध्यम हुन पुग्यो ।  साउथ इन्डियन फिल्मको पारखी नेपालमा धेरै छन् । रिलिज भएका हरेक फिल्महरू युट्युबको नेपाल ट्रेन्डमा प्रत्येक रिलिज ट्रेन्ड नम्बर एकमा आउने गर्नाले पनि यसको लोकप्रियता दर्साउँछ। 

कुनै फिल्म दोर्‍याएर युट्युबमा राख्दासमेत ट्रेन्डिङ्गमा देखिन्छन् । कतिले साउथ इन्डियन फिल्मको यतिसम्म पारखी छन् कि हिन्दी भर्सन छाडरे ‌ओर्जिनल भाषामा सबटाइटल प्रयोग गरी हेर्ने गरेको छन् । इन्डियन टेलिभिजन च्यानलले समेत साउथ इन्डियन फिल्मलाई हिन्दीमा डबिङ्ग गरेर दिन थालेपछि नेपालमा समेत यसको क्रेज अत्याधिक रहेको छ । 

साउथ इन्डियन फिल्म स्टारहरू महेशबाबु, अल्लु अर्जुन, रामचरण, सुर्यालगायतका स्टारहरूको फिल्म गुगल तथा युट्युबमा खोज्ने धेरै भेटिन्छन् । आज यहाँ साउथ इन्डियान फिल्म रिलिज भएकै दिन हेर्न मिल्ने ५ त्यस्ता वेबसाइटहरूको बारेमा जानकारी दिइन्छ । 

‘वोल्ड फ्रि फरयु’
यसमा साउथ इन्डियाका फिल्महरू रिलिज भएकै दिन राख्‍ने गरेको छ । नयाँ फिल्म राखेकै कारण बेला बेला साइटले डोमेन नेम चेन्ज गर्ने गरेको छ । यसमा तपाईं आफूलाई मन पर्ने साउथ इन्डियान फिल्म हेर्न सक्नुहुन्छ । साइटको डोमेन नाम बेला बेला परिवर्तन हुने भएकाले यस साइट भेट्न भने मुस्किल पर्नसक्छ । यसमा तपाईं हिन्दी साउथ इन्डियन तथा अंग्रेजी फिल्महरू हेर्न सक्नुहुन्छ । 

‘योमुभिज’ 
योमुभिज डट अनलाइन साउथ इन्डियनको फिल्म अपलोड गर्ने गर्दछ । यस साइटमा भएको फिल्मलाई तपाईं सिधै आफ्नो फोनमा सेभ गरेर आवश्यक परेको बेला हेर्न सक्नुहुन्छ । तपाईंको घरमा वा अफिसमा राम्रो वाईफाई छ भने यसमा तपाईं यसमा एचडी क्वालिटीमा फिल्म हेर्न सक्नुहुन्छ । यसमा साउथ इन्डियन हिन्दी तथा इंग्लिस फिल्म हेर्न सकिन्छ । 

‘मुभिजमन्ह २४’
‘मुभिज मन्ह २४’ मा तपाईं रिलिज हुने प्रत्येक फिल्म सोही दिन हेर्न सक्नुहुन्छ । यसमा हिन्दी साउथ इन्डियन इंग्लिस फिल्महरू हिन्दी डबिङ्गमा हेर्न सकिन्छ । नयाँ फिल्म रिलिजकै मितीमा समेत राख्‍ने हुनाले कपिराइट इस्युका कारण डोमेन नाम परिवर्तन हुने गरेको देखिन्छ । केहि समय वाच अनलाइन मुभिज नामबाट कपिराइट इस्युकै कारण डोमेन नाम परिवर्तन भएको हो । 

‘इन्थुसन टिभी’
इन्थुसन टिभीमा तपाईं तामिल हिन्दी तेलगु मलयालम कन्‍नड हिन्दीलगायतका फिल्महरू आफ्नो इच्छानुसार हेर्न सक्नुहन्छ । प्रिमियम र रेगुलर प्रयोगकर्ता बनेर यसमा भएको फिल्म हेर्न सकिन्छ । यसमा रजिस्टर गरेर हेर्न तथा फिल्मलाई रेटिङ्ग दिन मिल्छ । 

‘सेभेन स्टार एचडी’
डोमेन नाम ‘सेभेन स्टार एचडी एमएक्स’ भएको यस वेबसाइटमा पनि तपाईं आफ्नो इच्छानुसारको साउथ इन्डियन हिन्दी इंग्लिसलगायतका फिल्महरू हेर्न सक्हुन्छ । यसमा तपाईंले क्याटगोरी अनुसारका फिल्म हेर्न मिल्ने सुविधा रहेको छ । नयाँ फिल्महरू सोही दिन हाल्ने भएकोले यसको डोमेन नाम पनि बेला बखत परिवर्तन हुने गरेको छ । सेभेन स्टारमा भएको फिल्महरू तपाईं सजिलै डाउनलोड गर्नसक्नुहुन्छ ।