चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक

असोज १३, २०७८


अभिनेता सविन श्रेष्ठको अभिनय रहेको चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ । नरेन्द्र भट्टराई एनबी अन्जानको निर्देशनमा बनेको सो चलचित्रको रिलिज रोकिएको कोरोना महामारी र लकडाउनका कारण थियो ।

सार्वजनिक आइटम गीत ‘बारुली बारुली’ मा मीना निरौलाको स्वर रहेको छ । गीतमा शब्द नारायण नेपालको र संगीत सूर्य कमल राईको संगीत तथा संजय हमालको एरेन्ज रहेको छ । अब चलचित्र दसैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा सविनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, बिपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मीलगायत कलाकारको अभिनय रहेको छ । दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन् ।

आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्म्सले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।