चुनावी तालमेलको निर्णय केन्द्रबाट नगरौं : शेखर कोइराला

चैत १४, २०७८


चैत १४, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनको निर्णय केन्द्रबाट गर्न नहुने बताएका छन् । केन्द्रले गठबन्धन निर्णय गर्दा कार्यकर्ताले मानेनन् भने के गर्ने भन्ने प्रश्न उठ्न सक्ने उनले बताए । आज केन्द्रीय समिति बैठकमा बोल्दै उनले किन गठबन्धन गर्न लागिएको हो भन्ने प्रश्नसमेत राखेका थिए ।

‘गठबन्धन केका लागिरु किन गर्ने ? कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, गठबन्धन गर्नतिरभन्दा बरू कांग्रेस नै एक गर्न लागौं, यसमै फाइदा छ । उनले गठबन्धनबाट भन्दा पनि एक्लै चुनावमा होमिनुपर्ने धारणा राखेका थिए ।

सभापति शेरबहादुर देउवाले सत्तारूढ पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जानुपर्ने बताइरहेका छन् । गत शुक्रबार देखि जारी केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नुपर्ने र गर्न नहुनेमा नेताहरूले धारणा राखिरहेका छन् ।