तुलसीपुरमा फेरि राजा बिरेन्द्र शाहको शालिक स्थापना

चैत १४, २०७८     शरद रेग्मी


तुलसीपुर ,चैत १४
दाङको तुलसीपुरमा बिरेन्द्र शाहको मुर्ति स्थापना गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष बिरेन्द्र शाहको पहलमा बिरेन्द्र चौकमा १५ बर्ष पछि मुर्ति स्थापना गरिएको हो ।
इतिहास भवि सन्ततिले पनि पढ्न र देख्न पाउनुपर्छ भन्ने उदेश्यका साथ मुर्ति स्थापना गरिएको वडा अध्यक्ष शाहले जानकारी दिनुभयो ।
६२/६३ सालको जनआन्दोलनका क्रममा तत्कालीन माअोबादिले स्वर्गिय राजा बिरेन्द्रको सालिक तोडफोड गरेका थिए।