कांग्रेसका अधिकांश नेता चुनावी तालमेलको पक्षमा, निर्णय आज हुने

चैत १५, २०७८


चैत १५, प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका अधिकांश नेता चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका छन् । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका थिए ।

चुनावी तालमेलको ढाँचालगायत विषयमा आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्नेछ । कांग्रेसले अरू दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गर्ने सम्भावना छ । सभापति देउवा चुनावी तालमेलको पक्षमा छन् । उनीनिकट नेताहरू पनि तालमेलकै पक्षमा उभिए । केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको बाहुल्यता छ ।