स्थानीय चुनावका लागि कल सेन्टर सञ्चालन गरिँदै

चैत १५, २०७८


चैत १५, स्थानीय तहको निर्वाचनका लागि आजदेखि कल सेन्टर सञ्चालन हुन लागेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसँग सम्बन्धित गुनासा तथा जानकारीका लागि कल सेन्टर सञ्चालन गर्न लागिएको जनाएको छ । स्थानीय निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा सम्बोधन गरिने भएको छ ।

यसका लागि आयोगले ११०२ नम्बरको व्यवस्था गरेको छ । यनसमा निःशुल्क फोन गरेर निर्वाचन सम्बन्धी गुनासो, जानकारी दिन सकिनेछ । यो कल सेन्टर स्थानीय तहको निर्वाचनसम्मका लागि मात्रै सञ्चालन हुने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।