एलिनाको गीत ‘रानी’ सार्वजनिक

चैत २८, २०७८


गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ । दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । तारा सीतारा प्रोडक्सनले गीतको भिडियो समेत निर्माण गरेको छ । जसमा भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।

सुजन श्रेष्ठको छायांकन, युवराज खत्री सम्पादन र प्रविन थापाको कोरियोग्राफी रहेको भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोषको अभिनय देख्न सकिन्छ ।