‘तिमीलाई हेरेर’ भन्दै नाचिन् स्मारिका

बैशाख ०७, २०७९


गायिका सुशीला बरालको स्वर रहेको गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतको गायिका बरालको शब्द, संगीत रहेको छ । गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । गायिका बरालको वास्तविक जीवन कथा म्युजिक भिडियोमा बुनिएको छ । जसमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय देख्न सकिन्छ ।

माधव बेलबासेको सम्पादन, अमृत सुनुवारको छायाङ्कन र निर्देशन भिडियोमा छ । गीत गायिका बरालको आफैं अफिसियल च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।