केकीपछि वर्षा सिवाकोटीले गरिन् बिहे

बैशाख ०९, २०७९


अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा निकटस्थहरुको उपस्थितिमा बिहे गरेकी हुन् ।

भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि गरिन् । परिवारका सदस्य र सीमित निकटस्थसँगको उपस्थितिमा शुक्रबार भिल्लामा वैवाहिक कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ ।

सिवाकोटीले अमेरिकामा बसोबास गर्ने प्रेमीसँग बिहे गरेको बताइएको छ। उनको नाम आशिष भनिएपनि पूरा विवरण खुलाइएको छैन । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुंगो लगाएर नेपाल फर्किएको निकटस्थहरुको भनाइ छ । बिहीबारमात्रै अभिनेत्री केकी अधिकारी पनि वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।