कालिमाटी गा.पा का कर्मचारी एमाले चुनावी प्रचारमा ब्यस्त

बैशाख ११, २०७९


कमल कडेल,

बैशाख ११, तुलसीपुर ।
कालिमाटी गा.पा का कर्मचारी एमाले चुनावी प्रचारमा ब्यस्त। सल्यान जिल्ला कालिमाटी गाउँपालिकामा स्थानिय चुनाव नजिकिदै गर्दा गाउँपालिका देखि वडा तह सम्मका धेरै जसो कर्मचारी चुनावी प्रचारमै ब्यस्त देखिन्छन। विगत केही दिन यता गाउँपालिकाको करार अबधिमा रहेका शिक्षक,स्वास्थकर्मी , प्राबिधिक,इन्जिनियर तथा कार्यलय सहयोगी समेत आफ्नो कार्यकक्ष र काम छोडी चुनावी प्रचारमा होमिदा त्यहाका जन्ताहरु सास्ती भोग्नु परेको छ।५ बर्ष पहिले स्थानिय सरकार आय संगै गाउँपालिकामा कर्मचारी छनोट गर्दा आफ्नो पार्टी ,आफन्ती र पहुचको भरमा छनोट गरियको भन्दै बेलाबेला यी बिषय विवाद बन्दै आइरहेका थिय।अहिले यो कुरा प्रष्ट पुष्टि भयको देखिन्छ। नेपालको नियम कानुन अनुसार सरकारी सेवामा आवद्ध कर्मचारीहरुले औपचारिक रुपामा कुनै पार्टी को चुनावी प्रचार प्रचार गर्न नपाउने र त्यसतो गरेको पाइयमा सजाय समेत रहेको अबस्थामा कालिमाटीमा भने संबंधित नियायको ध्यान नपुग्दा त्यहाका जनताले सास्ती भोग्नु परेको छ।