तुलसीपुरमा दुई सय बढि एमाले कार्यकर्ता काग्रेसमा प्रवेश

बैशाख २२, २०७९


तुलसीपुर,२२ वैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बाट दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । विहीबार भएको चुनाबीसभाका क्रममा दुई सय भन्दा बढि कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमालेले पाँच बर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरुले काँग्रेसमा प्रवेश गरेका हुन् । यो अबधीमा एमालेले बदनाम मात्रै कमाएको भन्दै आफूहरु काँंग्रेसमा आबद्ध भएको बताएका हुन् । उनीहरुलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्वागत गरेका थिए ।