कांग्रेस कार्यकर्ताले हँसियाहथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ : प्रचण्ड

बैशाख २२, २०७९


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका कांग्रेस कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने बताएका छन्।

चितवनको भरतपुरमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा दाहालले यस्तो बताएका हुन्।

उनले आफूले कहिले एमाले र कहिले कांग्रेससँग गठबन्धन गर्दा अस्थिरका रुपमा लाग्ने आरोप पनि खण्डन गरे।

म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन। शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ, उनले विगत सम्झिँदै भने, यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।

उनले यो गठबन्धन राष्ट्र जनता र देशको आवश्यकता हो भनेर भोट हालेमा गठबन्धनलाई २० वर्षसम्म लैजाने बताए। ुयदि गठबन्धनलाई भोट हाल्नु भयो भने म उत्साहित भएर म यो गठबन्धनलाई १०र२० वर्षसम्म लैजान्छुु, उनले भने, एक्लै हिँड्न रुचाउनेलाई नेपालको इतिहास नजिकबाट नियालौँ।

उनले कांग्रेस चितवनका नेता कृष्णलाल सापकोटाप्रति लक्षित गर्दै वृद्ध साथीहरुले कुरा नबुझेको भन्दै चित्त दुखाए।

वृद्ध साथीहरुले पनि नकारात्मक टिप्पणी गरेको सुनेँ। तपाईंहरुले रुख र हँसिया हथौडा चिह्नको कुरा गर्नु भएको छ। २०४६ सालको आन्दोलनदेखि नै हँसिया हथौडा र रुखसँगै हिँडेका थिएु, उनले भने, के रुख र हँसिया हथौडा सहकार्य गर्नु हुँदैन थियोरु गिरिजाप्रसादले अन्त्यसम्म लगाएको सहमति र सहकार्यको नारा गलत थियो ररु मैले साँच्चिकै तपाईंहरुको अगाडि उभिएर भन्दै गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न गाह्रो मानेको देखेँ।

उनले गठबन्धनलाई लिएर आफूले ठूलै सपना देखेको बताए। सपना त ठूलै देखिएको थियो। यो गठबन्धनलाई १०/१५ वर्ष लैजाने भनेर शेरबहादुरजी र मैले छलफल गरेका थियौँ, उनले भने, मैले व्यवहारमा आउँदा सहज देखेको थिइनँ। त्यसले हामीलाई बडो चिन्तित तुल्यायो। यसअघि वामपन्थी-वामपन्थी मिल्दा पो देशमा राजनीतिक स्थायित्व ल्याउन र चुनावमा भोट हाल्न सकिन्छ भनेर गठबन्धन बनाएको हो। म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन।