तुलसीपुरमा चुनावी एजेण्डा : घरमै उपचारदेखि सुरुङ मार्गसम्म

बैशाख २३, २०७९


तुलसीपुर, २३ बैशाख ।

घरमै उपचार सेवादेखि जैविक (अर्गानिक) उत्पादनलाई चुनावी एजेण्डाका रुपमा तुलसीपुरका उम्मेवदवारहरुले अघि सारेका छन् । नेपाल पत्रकार महासंघ दाङले तुलसीपुरमा आयोजना गरेको उम्मेदवारसंग चुनावी एजेण्डा विषयक बहसमा उनिहरुले यस्तो धारना व्यक्त गरेका हुन् ।
गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले स्वस्थ हुनका लागि जैविनक खेतीलाई जोड दिने बताउनुभयो । हस्पिटल खोल्नु भन्दा रोग लाग्न नदिनका लागि जैविक उत्पादनका लागि खेतीपाती गर्नुपर्ने र स्वच्छ पानीका लागि विशेष योजना अघि सारेको उहाँले बताउनुभयो ।
‘अस्पतालहरु खोलेर मात्र त्यसको समस्या समाधान हुँदैन । बिरामी नहुने उपाय खोज्नु पर्यो नि । कीन हामीले मान्छेलाई बिरामी बनाएर हस्पिटलल्याउने रु त्यसका लागि अर्गानिक खेतीपाती गर्नुप¥यो । अर्गानिक खानेकुरा खानुप¥यो । सुद्ध पानी पीउनुप¥यो । स्वस्छ पानी पिएपछि मान्छे स्वस्थ हुन्छ । रोग लागेन भने सबै कुराको निकारण हुन्छ ।’ मेयर पदका उम्मेदवार गिरीले भन्नुभयो ।

स्वस्थ पानीको अभावमा मानिस स्वस्थ रहन नसक्ने भन्दै अहिले पनि गाउँघरमा बाउबाजेको पालादेखि खोलामा जरुवा तथा मुल खोस्रेर पानी खाने चलन भएकाले आफुले जितेमा फिल्टरको व्यवस्था गरिदिने गिरीले बताउनुभयो । अहिले पनि गाउँघरमा उत्पादन भएको कृषिले बजार नपाउँदा खेतबारीमा नै कुहिने गरेको बताउँदै त्यसको बजारीकरण देखि ढुवानीका लागि यातायातको व्यवस्था समेत गर्ने उहाँले बताउनुभयो ।

सडकबिना कुनै पनि क्षेत्रको विकास हुन नसक्ने भन्दै सडक नपुगेका ठाउँमा मोटर बाटो लैजाने बताउँदै शिक्षामा समेत जोड दिने बताउनुभयो । त्यसैगरी एमालेको तर्फबाट मेयरका उम्मेदवार टीकाराम खड्काले जेष्ठ नागरिकलाई घरदैलोमा उपचार र सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने एजेडा आफुसंग रहेको बताउनुभयो ।

घरबाट बाहिर हिड्डुल गर्न नसक्ने ७५ र८० बर्षका वृद्ध–वृद्धाहरु भत्ताका लागि बैंकमा लाइन लाग्ने परीपाटीको अन्त्य गर्दै विशषज्ञ डक्टरलाई लिएर घुम्ति शिविर मार्फत उपचार सेवा उपलब्ध गराउने खड्काले बताउनुभयो । ‘वृद्ध–वृद्धालाई बैंकमा लाइन लगाएर घाम सुकाउने हैन । सेवा दिने हो । त्यो काम हामी विजयी भएर आएपछि तुलसीपुर उपमहानगरपालिका मार्फत गर्छौ ।’ खड्काले भन्नुभयो ।

त्यसैगरी उहाँले बैकल्पिक सडक नहुँदा राप्ती राजमार्गमा बर्षेनी दर्जनौ नागरिकले सडक दुर्घटनामा परेर अकालमा ज्यान गुमाउने गरेको बताउँदै बैकल्पिक सडक र सुरुङ मार्गको अवधारणा आफुले अघि सारेको बताउनुभयो । यस क्षेत्रको पर्यटन र औद्योगिक क्षेत्रको विकासका लागि तुलसीपुरलाई मध्यपहाडी लोकमार्गसंग जोड्ने बताउनुभयो ।

गरिब विपन्न, दलित समुदायको शिक्षमा पहुँच विशेष योजना समेत अघि सारेको उहाँले बताउनुभयो । त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार टोपबहदुर महताराले पनि शिक्षा, स्वास्थय, सडक, आफ्नो पहिलो प्रथामिकतामा परेको बताउनुभयो । त्यसैगरी गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार जोगबहादुर राना मगरले १९ वटै वडामा खेलमैदान गर्ने बताउनुभयो । महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव आरके शितलले गर्नुभएको थियो ।