फुलवारीमा गठवन्धनको जनसागर जनआवश्यकता अनुसार काम गर्न आग्रह

बैशाख २३, २०७९


तुलसीपुर, बैशाख २३ । स्थानीय तहको निर्वाचन नजिकिए संगै नेपाली काँग्रसे सहितको गठवन्धन दलले चुनावी प्रचार प्रसार अभियानमा थप तिव्र बनाएको छ । मतदाताहरुसंग भावना साट्न, उनीहरुको समस्या बुझ्ने र जनआवश्यकता अनुसार योजनाहरु खाका तयार गर्ने काममा गठवन्धनदल व्यस्त छ । सोही अनुसार शुक्रबा गठवन्धनदलले तुलसीपुर बजार क्षेत्र, रानी जरुवा, सम्झना टोल र तुलसीपुर उपमहानगरपालिका–१३मा घरदैलो तथा चुनावी सभा कार्यक्रम गरेको छ ।
चुनावी सभामा स्थानीहरुको उल्लेखिय जनसहभागीता रहेको थियो । चुनावी सभामा मतदाताहरुले राजीनितक आग्रह पूर्वाग्रहभन्दा रहेर काम गर्नका लागि गववन्धनदलका उम्मेद्वारहरुलाई आग्रह गरेका छन् । विगतमा जनताका आवश्यकता भन्दा राजनैतिक आस्थका आधारमा विकास निर्माणका योजनाहरु ल्याउने र आफ्नो अनुकुल काम गर्ने गरिएको भन्दै अब गठवन्धनदलका उम्मेद्वारहरुले स्थानीय सरकारलाई सुशासनसंग जोडेर काम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा गठवन्धन दलबाट मेयर पदका उम्मेद्वा गेहेन्द्र गिरी, उपमेयर पदका उम्मेद्वार जोग बहादुर रानाले जनताको भावना र आवश्यकताका आधारमा विकास निर्माणका कामहरु गरिने प्रतिवद्धता गरे, विभिन्न कारणले पिछडिएका, पछाडि पारिएका, सुकुम्वासी तथा सिमान्तकृत वर्गको हतहितका लागि विशेष योजना तथा कार्यक्रहरु ल्याउने, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, उद्योग व्यापार पर्यटन प्रवद्र्धनमा जोड दिने बताए ।
रहेक क्षेत्र, वर्ग, समुदायको समान सहभागीता हुनेगरी समतामुलक र समावेशी विकासलाई जोड दिने बताएका छन् ।