फुलवारीमा गठवन्धनको जनसागर जनआवश्यकताका अनुसार काम गर्न आग्रह

बैशाख २३, २०७९


तुलसीपुर, २३ बैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिएसंगै नेपाली काँग्रसे सहितको गठवन्धन दलले चुनावी प्रचारप्रसार अभियानमा थप तिव्र बनाएको छ । मतदाताहरुसंग भावना साट्न, उनीहरुको समस्या बुझ्ने र जनआवश्यकता अनुसार योजनाहरु खाका तयार गर्ने काममा गठवन्धनदल व्यस्त छ । सोही अनुसार शुक्रबा गठवन्धनदलले तुलसीपुर बजार क्षेत्र,रानी जरुवा,सम्झना टोल र तुलसीपुर उपमहानगरपालिका–१३मा घरदैलो तथा चुनावी सभा कार्यक्रम गरेको छ ।
चुनावी सभामा स्थानीहरुको उल्लेखिय जनसहभागीता रहेको थियो । चुनावी सभामा मतदाताहरुले राजीनितक आग्रह पूर्वाग्रहभन्दा रहेर काम गर्नका लागि गववन्धनदलका उम्मेद्वारहरुलाई आग्रह गरेका छन् । विगतमा जनताका आवश्यकता भन्दा राजनैतिक आस्थका आधारमा विकास निर्माणका योजनाहरु ल्याउने र आफ्नो अनुकुल काम गर्ने गरिएको भन्दै अब गठवन्धनदलका उम्मेद्वारहरुले स्थानीय सरकारलाई सुशासनसंग जोडेर काम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा गठवन्धन दलबाट मेयर पदका उम्मेद्वा गेहेन्द्र गिरी,उपमेयर पदका उम्मेद्वार जोग बहादुर रानाले जनताको भावना र आवश्यकताका आधारमा विकास निर्माणका कामहरु गरिने प्रतिवद्धता गरे । विभिन्न कारणले पिछडिएका, पछाडि पारिएका, सुकुम्वासी तथा सिमान्तकृत वर्गको हतहितका लागि विशेष योजना तथा कार्यक्रहरु ल्याउने, कृषि,स्वास्थ्य,शिक्षा, खानेपानी, उद्योग व्यापार पर्यटन प्रवद्र्धनमा जोड दिने बताए ।
रहेक क्षेत्र,वर्ग ,समुदायको समान सहभागीता हुनेगरी समतामुलक र समावेशी विकासलाई जोड दिने बताएका छन् ।