४६ जना म्यादी प्रहरी बर्खास्त

बैशाख २४, २०७९


काठमाण्डौ, २४ बैशाख । 

नेपाल प्रहरीले निर्वाचनमा खटिएका ४६ जना म्यादी प्रहरीलाई बर्खास्त गरेको छ । आचरण विपरीतका गतिविधि गरेको भन्दै कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्त भएका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा मादक पदार्थ सेवन गर्ने, अरुलाई दुव्र्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काममा संलग्न रहेकाहरूलाई बर्खास्त गरिएको बताउनुभयो ।सरकारले निर्वाचन प्रयोजनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । खटिए वापत उनीहरूका लागि एकमुष्ट रुपमा ४४ हजार ४ सय ४० रूपैयाँ तलब तोकिएको छ ।