तुलसीपुर जिरो ऋणमा छ : नगरप्रमुख पाण्डे

बैशाख २७, २०७९


तुलसीपुर २७ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नगरपालिकाको एक रुपैया पनि ऋण नभएको बताउनुभएको छ ।
तुलसीपुर उपमहागनरपालिकाले पाँच बर्षको अवधिमा गरेका गौरबपूर्ण योजनाको सार्वजनिक तथा पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले विपक्षीहरुले उपमहानगरपालिकाका राम्रा कामहरुलाई ओझेल पार्नका लागि ऋणको गलत अफवाह फैलाइएको उहाँको भनाई छ ।
“यदी कसैले ऋण छ भनेर नगरपालिकामा सप्रमाण आउँछ भने म व्यक्तिगतरुपमा त्यसको जिम्मेवारी लिन्छु । “ उहाँले भन्नुभयो ऋण भएको भनेर आरोप लगाउनेहरुलाई बाहिर हल्ला गर्नु भन्दा पनि नगरपालिकामा सम्पर्क राखेर भुक्तानी लैजान आग्रह गर्नुभयो ।
“संघ र प्रदेशका योजना पनि हामीले समयमै सम्पन्न गर्यौ तर त्यहाँबाट समयमै पैसा निकासा नहुँदा केही दायित्व बढेको थियो तर अहिले त्यो पनि व्यवस्थित भएको छ ।” नगरप्रमुख पाण्डेले भने ।
“असार मसान्तसम्म हुने सबै कामको असार मसान्तसम्म पुरै भुक्तानी गर्ने हाम्रो योजना रहेको छ । “सम्पन्न भएका सबै योजनाको भुक्तानी गर्नु हाम्रो दायित्व हो र हामी यो दायित्व पुरा गर्छाै ” नगरप्रमुख पाण्डेले भन्नुभयो । ।
पालिकाको विद्युत काटिएको भन्ने आरोपको खण्डन गर्दै नगरप्रमुख पाण्डेले नेपाल विद्युत प्राधिकरणको गलत नियतका कारण विद्युत काटिएको बताउँदै राजनीतिक पूर्वाग्रह नसाँध्नका लागि प्राधिकरणलाई सुझाब समेत दिनुभयो ।
तुलसीपुरभित्र चुहावट हुने सबै विद्युतको रकम तुलसीपुरलाई तिर्न लगाउनु जनताको करको दुरुपयोग भएको हुँदा पुनरावलोकन गर्नका लागि उहाँले विद्युतलाई अनुरोध समेत गर्नुभयो ।
“विद्युतले स्थानीय सरकारलाई पोल राखेबाफत पैसा नतिर्ने अनि हामीले सबै चुहावटका पैसा पनि तिर्नुपर्ने ?” नगरप्रमुख पाण्डेले भन्नुभयो ।
फोरलेन निर्माणमा आफ्नो कुनै संलग्नता भएको भन्दै उहाँले तिव्रतर ढँगले सडक निर्माणका लागि आफुले पहल गरेर अहिले निर्माणको काम अगाडी बढेको बताउनुभयो ।
शेरबहादुर देउवा मातहतको सडक निर्माण हुँदैन तर सोही पाटीका कार्यकर्ताले हामीलाई दोष दिएर गाली गर्छन् पाण्डेले गुनासो गर्नुभयो ।