तुलसीपुर १७ मा चुनाव प्रसार प्रचार गर्न पाईने

बैशाख २९, २०७९


तुलसीपुर, २९ बैशाख ।

दाङ तुलसीपुर १७ मा भने आउदो जेठ ३ गते निर्वाचन हुने भएको छ । वडा अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको एक्कासी निधन भएपछि स्थगित भएको थियो । एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवार चौधरीको निधन भएपछि उहाका छोरा प्रदिप चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।बुधवार दिउँसो चौधरीले निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेर मनोनयन पत्र दर्ता गराउनु भएको हो ।

मनोयनयन पत्र माथी छानविन तथा जाँचबुझ, नामावली प्रकाशन, उमेदवार फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन गरी आजै नै चुनाव चिन्ह प्रदान गरिने निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिनुभयो ।वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्य रातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।

तुलसीपुर उपमहानगरपालिका भित्र वडा नं १७ को निर्वाचन भएपछि मात्रै मतगणना सुरु हुने उहाले जानकारी दिनुभयो । वडा नम्वर १७ मा अध्यक्ष पदका लागी छ जना उमेदवार रहेका छन् । अन्य स्थानमा मौन अवधी गत मंगलवार राती सुरु भएको छ भने वडा नम्वर १७ मा भने प्रचारप्रसार गर्न पाईने निर्वाचन कार्यालयले बताएको छ ।