दाङमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु

बैशाख २९, २०७९


तुलसीपुर,२९ बैशाख ।

दाङमा नुहाउने क्रममा चिप्लिएर ड्याममा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १७ ढिकपुर बस्ने ३० वर्षीया बिबा घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

बिहिवार बिहान पौने ९ बजे नुहाउन गएकोे समयमा चिप्लिएर खोलाको ड्याममा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । घर्तीलाई स्थानीय बासीले डुबेको अवस्थामा देखेपछि उद्धार गरेका थिए ।

तर घर्तीलाई ड्याम बाहिर ल्याउँदासम्म उनको मृत्यु भईसकेको प्रहरीले बताएको छ । उनको शव पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।