दाङमा कुन नेताले कहाँबाट मतदान गर्दैछन

बैशाख २९, २०७९


तुलसीपुर, २९ बैशाख ।

भोली शुक्रवार दाङ सहित देशभर स्थानिय तहको निर्वाचन हुदैछ । भोलि विहान ७ बजेदेखी बेलुका पाँच बजे सम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सहभागी हुनका लागी जिल्ला बाहिर रहेका मतदाताहरु घर फर्किने क्रम जारी रहेको छ । जिल्ला बाहिर रहेका राजनितिक दलका कतिपय नेता तथा सांसदहरु समेत मतदान गर्नका लागी अहिले गाउँ फर्किन थालेका छन् । सोहि अनुरुप दाङमा नेताहरु मतदान गर्न तयारी अवस्थामा बसेका छन । प्राप्त जानकारी अनुसार नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले तुलसीपुर १९ को जनता विद्यापिठ मतदान स्थलबाट मतदान गर्नुहुने भएको छ ।

यस्तैगरी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तुलसीपुर १७ दिपेन्द्र मावी मानपुर, केन्द्रिय सदस्य तथा निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वलीले तुलसीपुर ८ कृष्णमन्दिर, केन्द्रिय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर ८ अश्वारा मावि मतदान स्थलबाट मतदान गर्दैहुनुहुन्छ ।

यस्तैगरी एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले तुलसीपुर १२ पशुपति मावी हरिपौरी, एमाले दाङका पुर्व अध्यक्ष तथा तुलसीपुर मेयर पदका उमेदवार टिकाराम खड्काले तुलसीपुर १८ मनिकापुरबाट, एमालेबाट तुलसीपुर उपमेयर पदका उमेदवार स्यानी चौधरीले तुलसीपुर ६ सेन्टर मावीबाट ,कांग्रेसका केन्द्रिय सदस्य तथा गठबन्धनको तर्फबाट मेयर पदका साझा उमेदवार गेहेन्द्र गिरीले तुलसीपुर ५ को अरनीको मैदान मतदान स्थलबाट, गठबन्धनको तर्फबाट तुलसीपुर उपमेयर पदका उमेदवार जोग बहादुर रानाले तुलसीपुर ७ कालाखोला मावीबाट , संघिय सांसद हिराचन्द्र केसीले तुलसीपुर अरनीको मैदानबाट , लुम्बिनी प्रदेश सभा सदस्य तथा मन्त्री डिल्ली बहादुर चौधरीले तुलसीपुर ६ मावी सेन्टरबाट, राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले तुलसीपुर १२ पशुपति मावी हरिपौरीबाट मतदान गर्दैहुन्छ ।