चुनावको दिन प्रसूति तथा आकस्मिक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

बैशाख २९, २०७९


दाङ २९ वैशाख ।

सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा। संगिता कौशल मिश्राले निर्देशन दिइन् । निर्वाचनका समयमा बढि भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन् ।