प्रताप र एलिनाको ‘हानिकारक माया’ सार्वजनिक

असार २०, २०७९


अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले ‘हानिकारक माया’ बोलको गीत सार्वजनिक गरेका छन् । कृष्णकै शब्द तथा संगीत रहेको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ ।

गीतको भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा भिडियोमा छ । पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय देख्न सकिन्छ । भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।