बेलायतबाटै गंगाराजले ल्याए ‘सुख खुशी’ गीत

असार २३, २०७९


विदेशमा रहेर नेपाली गीत संगीत लगातार ल्याउने संगीतकार गंगाराज राईको नयाँ गीत ‘सुख खुशी’ सार्वजनिक भएको छ । गीतमा हिमकला किराँतीको शब्द तथा सुमिता राईको स्वर छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा छायाङ्कन भएको छ । देश प्रेमले भरिएको भिडियोमा सुमिता राईको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छायाङ्कन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

सांगीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील संगीतकार राईले इलाहाबाद अन्तर्गतको शास्त्रीय संगीतमा ६ वर्ष अध्ययन गरेका छन् । उनका यस अगाडि आभास, उपमा र स्पन्दन लगायतका गीत आएका थिए ।