‘के सारो’ मा सीमा र दिक्पालको रोमान्स

भदौ ०२, २०७९


मनिष अधिकारीको स्वर, अनिस ओकिलीको शब्द रहेको गीत ‘के सारो’ सार्वजनिक भएको छ । बिजु बज्रको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।

सुमन अधिकारीको निर्देशन र राजन खड्काको निर्माण रहेको भिडियोमा सीमा खड्का र दिक्पाल कार्कीको अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियो काठमाडौँ उपत्यका, धुलिखेल, बतासे डाँडाजस्ता मनोरम लोकेशनमा खिचिएको छ ।