लक डाउनले सिकाएको पाठ

बैशाख १८, २०७७


नन्दराम परियार
हाल विश्व कोरोना (काभिड–१९) विश्वव्यापी महामारीबाट आक्रान्त छ । विश्वभरी करिव २ लाख ३९ हजार र दक्षिण एसियामा हजारौ व्यक्तिको मृत्यु भईसकेको छ । लाखौ संक्रमित व्यक्तिहरु यो भाईरस संग जुधिरहेका छन् । आखिर प्रत्येक वर्षको अन्तराल जस्तोमा यस्ता नयाँ रोगहरुको उत्पन्न र विश्वव्यापी संक्रमन किन बढिरहेको छ ? हाम्रो भौतिकवादको सामाजिक,आर्थिक तथा सांस्कृतिक विकासले कतै विनास तर्फ त हामी अगाडि बढिरहेका त छैनौ ? यस सम्वन्धमा नेपाल लगायत विश्व समाजलाई लकडाउनले केहि पाठहरु सिकाएको छ । आउनुहोस यस सम्वन्धमा केहि चर्चा गरौ ।


१) सभ्य मानिस भर्सेज विकसित मानिस
हाल विश्व खासगरी युरोपियन मुलुुकहरु,अमेरिका लगायत ल्याटिन अमेरिकन मुलुकहरु पूूर्वि एसिया तथा अफ्रिकन–अस्ट्रियन मुलुुकहरु विकासको चरमउत्कर्ष नजिक छन् । प्रविधि र विज्ञानको महत्तम प्रयोग मानविय प्रयासलाई प्रतिस्थापन हुने गरी प्रयोग भए । प्राकिृतिक नियम र पृथ्वीको धान्न सक्ने क्षमता थाहा हुुदाहुदै त्यसको दोहन राजनितिक तथा भौगोलिक प्रतिस्पर्धाका आधारमा भए । विश्व रंगमञ्चमा आज आफुलाई अव्वल बनाउन सामान्य प्राकृतिक नियमको समेत वेवास्था गरी अगाडि बढ्यौ । प्राचिन तथा प्राकृतिक पुर्खाहरुको आध्यात्मिक जिवनशैली टाढिदै गयो । मानिसको सोच एक किसिमले पूूर्णतया मेटेरिलिष्टिक बन्न गयो । त्यसको प्रतिकृया स्वरुप पृथ्वीले आफुलाई सन्तुलनमा ल्याउन प्रकोप,महामारीको साहारा लिनुप¥यो । अतः विकास निर्माणका काम सम्पन्न गर्दा प्राकृतिक प्रभावलाई ध्यानमा राखि भविष्यपरक सोचको विकासले नै सभ्य मानिस कहलिने हो । शारिरीक,मानसिक र चेतना स्तरबाट परिपक्व हुनु नै सभ्य मानिसको प्रतिक हो । विकसित हुने वा सभ्य हुने अहिलेको हाम्रो चुनौति लकडाउनको कारणले सोच्न बाध्य पारेको छ ।


२) गाँउ भर्सेज शहर
विश्वमा शहर भन्दा गाँउको संख्या बढि छ । हाम्रो जिवनयापनका अधिकाशं आवश्यकताहरु ग्रामिण उपजमा निर्भर छन् । शहर र गाँउको स्पष्ट सिमा कोरिनु नै वास्तवमा असन्तुलित विकासको उपज हो । हाम्रो विकासको दिर्घकालिन सोच र सो अन्र्तगतका वार्षिक निती,योजनाहरु यसै तर्फ लक्षित देखिन्छन् । जसले हाम्रो शहर केन्द्रित मानविय चलायमान थेग्नै नसकिने गरी बढेको छ । यसबाट एकातिर नयाँरोग,शोक र सन्तापको पारो ह्वात्तै बढेको छ भने अर्को तर्फ गाँउ घर तर्फ सुनसान तथा बाझा खेतबारीमा बढोत्तरी छ । अन्ततोगत्वा देशको जिडिपिमा करिव ३६ प्रतिशत कृषिको योगदानलाई हामिले बढाउन कहिले सोचेनौ । मानिसहरु आफ्नो गाँउमा आफ्नो भविष्य निर्माण गर्न देखिनुपर्दछ । कृषि प्रणालीलाई व्यवसायि मुखि बनाउदै पुजीको निर्माण मार्फत स साना हजारौ परियोजना जुन वातावरण अनुकुलन हुन्छन् । त्यस्ता योजना मात्रै संचालन गर्ने राज्यको निति हुनुु पर्दछ । आधुनिक विकासको लागि शहर मात्रै मापदण्ड होईन । शहर स्तरकै सेवासुविधा सहित मौलिक ग्रामिण विकास यस विपदनिराकरणको उत्तम उपाय हो । यो वास्तविकतालाई भुल्दा हामि कति सम्म स्वार्थी भयौ कि विपदमा मात्र गाँउ घर सम्झने बानि नै परिसक्यौ ।


३) आध्यामिकता भर्सेज भौतिकता
आफ्नो पुरानो संस्कार,परम्परा,धार्मिक चेतना,मानवता(परिमार्जित) मा जिवनयापन गर्ने हामि विश्वमा कति मानव हौला सहजै अनुमान गर्न सकिन्छ । एकदमै कम । स्थानिय हावापानि ,माटो,संस्कार अनुकुल जिवनलाई संचालन गर्नु असभ्य वा अनपढको प्रतिक होईन बरु यो त जिवन सहज जिउने र सुखशान्ति प्राप्त गर्ने आध्यात्मिक चेतना हो । प्रविधिको गलत प्रयोग गरी जोडेको मानविय सम्वन्ध टिकाउ हुदैन । हाम्रो समाजमा हुने सामाजिक परिघटना उपर हामि तुरुन्त सामाजिक संजाल मार्फत प्रतिकृया व्यक्त गरिहाल्छौ तर वास्तविक रुपमा भेटेर दुुईचार शव्द कुरा गर्ने बानीको विकास हराईसक्यो । यसले कताकता हाम्रो मन मस्तिष्क समेत कृतिम हुन पुुगेको छ । अहिले लकडाउनको कारण सामाजिक दुरी कायम गर्ने भनिएको छ । यो संक्रमणबाट बच्ने कृतिम रणनिति पक्कै हो । हेक्का राख्नुपर्ने कुरा के छ भने यसले कतै सामाजिक सम्वन्ध र आफ्नोपन नर्विसाओस । हाम्रो जस्तो सामाजिक चेतना भएको समाजमा यो लकडाउनको प्रतिउत्पादक असर नपारोस । जसबाट बच्न प्रत्येक व्यक्ति आफ्नो रमझम,संस्कार,परम्परा मार्फत नै आध्यात्मिकको बाटो तर्फ अग्रसर हुनु नितान्त आवश्यक छ । तसर्थ आध्यात्मिक चेतनाका उपायहरु अवलम्वन गर्दै जादा सम्भावित सामाजिक संकटबाट हामि स्वतः जोगिन सक्छौ ।

लेखक परिवर्तन गाँउपालिका,रोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।