कोरोनाले मृत्यु हुनेको संख्या लाख नाघ्यो : अमेरिकामा एकै दिन १२२९ जनाले ज्यान गुमाए

चैत २९, २०७६


काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या शुक्रबार राति १० बजेसम्म १ लाख २६१ जना पुगेको छ। कोरोनाले १६ लाख ४७ हजार ६२४ जना संक्रमित भएका छन्। त्यस्तै ३ लाख ६९ हजार ७९ जना निको भएका छन्।

शुक्रबार एकै दिन अमेरिकामा १ हजार २२९ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १७ हजार ९१९ पुगेको छ। अमेरिकामा ४ लाख ७८ हजार ९८ संक्रमितमध्ये ९ हजार ५३२ जना नयाँ संक्रमित थपिएका छन्।

युकेको पनि शुक्रबार एकै दिन ९८० जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाएका छन्। ७० हजार २७२ जना संक्रमित मध्ये ५ हजार १९५ जना नयाँ संक्रमित थपिएका छन्।

इटलीमा एकै दिन ५७० जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ४७ हजार ५७७ संक्रमित छन्। जसमा ३ हजार ९५१ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा एकै दिन ५२३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १५ हजार ९७० जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ५७ हजार ५३ संक्रमित छन्। जसमा ३ हजार ८३१ जना नयाँ संक्रमित भएका छन्।