शान्ति समाज दाङ शाखाद्धारा राहत सामाग्री हस्तान्तरण

बैशाख ०१, २०७७


सम्पूर्ण कुरा सम्वाददाता

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कोरोना भाईरस संक्रमण(कोभिड १९)का लागि लागु गरिएको लकडाउनका कारण दैनिक चलाउन नसक्ने अबस्थामा पुगेका परिवारलाई राहत उपलब्ध गराएको छ । शान्ति समाजले साँढे २३ हजार मूल्य बराबरको चामल,दाल लगायतका दैनिक उपभोग्य बस्तु तुलसीपुर उपमहानगरपालिकाकालाई उपलब्ध गराएको हो । तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल लगायतले साँढे १३ हजार मूल्य बराबरको चामल समेत शान्ति समाजलाई सहयोग गरेका थिए । शान्ति समाजका केन्द्रिय तथा शाखा तथा शुभेच्छुकबाट प्राप्त राहत सामाग्री दैनिक श्रम गरि खाने र अति बिपन्न समूदायलाई बितरण गर्ने गरि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त राहत सामाग्री शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत र शाखा सभापति शरद रेग्मी,पुर्ब केन्द्रिय सदस्य निर्मल नेपाली,उपसभापति तुलसीराम सुनार,सचिब निर्मला योगी,सहसचिब उषा गौतम लगायतले हस्तान्तरण गरेका थिए । राहत सामाग्री मेयर बिपत कोषमा जम्मा गरि बितरण गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताए। उनले स्वयसेवी संस्थाले संकट बेला गरेको राहतले ठुलो अर्थ राख्ने बताए । शान्ति समाजले बिपतका बेला देशमा परेका संकटका बखत राहत र उद्धारको कार्य गर्दै आएको छ ।