गौतम बुद्ध- नेपाली हुनुको शान

बैशाख २५, २०७७


गौतम बुद्ध को जीवन आज भन्दा २६०० बर्ष पहिले लुम्बिनी मा राजा सुद्धोधन र रानी महमाहेक सुपुत्र रुपमा राजकुमार सिद्धार्थको जन्म सँगै सुरु भयो ।
सिद्धार्थ राज परिवर म जन्मिएका भए पनि उन ले सानै उमेर मा दरबार बाहिर भ्रम्रण गर्दा शारिरिक तत्वले कहिले पूर्ण सुख र दुख बाट पार गराउन सक्दैनन भन्ने कुरा बुझे । त्यसैले सुख खोजी का लागी दरबार को सुख त्याग गरी दरबार छाडेर हिडे । सत्यको खोजी गर्ने क्रममा उनि बोध गया भन्ने ठाउँमा पुगे र त्यही रुख मुनी ध्यान गरेर बस्न थाले ।

सिद्धार्थ को दिमाग शान्त र आनन्दित भयो । जती जती उनि ध्यान गर्दै गए, त्यती त्यती उन को ध्यान र बिबेक बढ्दै गयो । षन्त र स्वच्छ मनस्थितिमा उनले जीवन को सत्य खोजी गर्न थाले । “जीवन मा दुख को कारण के हो ?”, ” कुन बाटाे बाट हामी सदा सुख प्रप्त गर्न सक्छौ ?”, भने आफु ले आफैलाई सोधे । उनले आफ्नो अन्तरआत्म, आफु भन्दा टाढा र आफ्नो देश, बिश्व भन्दा टाढा सत्यलाई हेरे । त्यस पस्चात , सुर्य, ग्रह्, ताराहरु र बिश्व मा रहेका अन्य सबै बस्तु उनको ध्यान मा आउन थाले । उनले साना कर्ण देखी बिश्व मा रहेक ठुला तर सबै आफ्नै अवस्था मा घुमिरहेका थिए । सबै बढ्ने परिवर्तन हुने, नास हुने, पुन: सुरुवात हुने, बढ्ने क्रम सबै देखे । सबै बस्तु परिवर्तनशिल थिए ।

जे हुन्छ त्यस को केहि कारण र परीणाम हुन्छ । एक कुराको हुनु अर्को कुरा सँग सम्वन्धित हुन्छ र त्यसको हुनुले फेरी पृथ्वी मा भएका अन्य कुरा मा प्रभाव गर्दछ ।


“Nothing happens without a cause, Every cause have effect on everything else.”


जति- जती उनि ध्यान गर्दै गए, सत्य पत्ता लगाउँन दत्त चित्त भएर लागे । उनले गहिरो सत्य आफु भित्रै रहेको कुरा पत्त लगाए । उनले आफुबाट नै जीवन त जन्म, र मृत्यू को चक्र हो भन्ने कुरा बुझे र यो संसार मा भएको गरेको बस्तुको जीवन चक्र नै यही हो भन्ने बुझे ।


“We are born, we live and we die not one time but again and again.”


उनले जीवनको अन्त अर्थात मृत्यु त केबल शरिरिक शरिर बाटको छुट्करा मात्र हो, हाम्रो आत्मा त सधै अमर रहन्छ भन्ने कुराको सार बुझे । जब एक जीवन सकिन्छ अर्को जीवन को शुरुवात हुन्छ , यसरी जीवन- मरण को प्रकृया चली रहन्छ । कहिले हामी धनी हुन्छाै त कहिले गरीब , कहिले सुखी हुन्छाै त कहिले दुखी । जीवन यसरी नै परिवर्तन शिल रहन्छ । बेला बखत मा सुख को भोग गरेत पनि धेरै जसो अवस्थामा हामी समस्या मा अल्झी रहेका हुन्छाै । हाम्रो अवस्था को परिवर्तन सँगै हाम्रो सम्बन्ध पनि परिवर्तन भैरहेको हुन्छ । हामी कुनै न कुनै जन्म मा कसै न कसैको आफन्त , साथि, आमा, बुवा, भएक छौ । उनले पुन: जन्म र आत्मको अस्तित्व रहने कुरा पनि गरेका छन ।

संसारमा रहेका जीवन हरु हेर्दा उनले जिवित प्राणिहरुले आफ्नो जीवन म आफैले समस्या खडा गरेको देखे । मान्छेहरु आफ्नो वरिपरी भएको परिवर्तन भुज्न र देख्न चाहादैन थिए । उनिहरु झुटाे बोल्ने चोरी गरी आफ्नो स्वार्थ पुर्ती गर्न एक- अर्का लाई मार्न समेत पछडी नहट्ने जस्ता अशान्त काम हरु गरिरहन्छन जुन कुराले कहिल्ले साचो सुख प्रप्त हुदैनन| उनिहरुले खोजेको सुख भौतिक बस्तु हरु बाट प्रप्त हुन सक्दैनन । जती लोभ , मोह हुन्छ त्यती नै दुख प्रप्त गर्छन , आफुलाई हानी हुन्छ । जती आफुलाई हानी हुन्छ त्यती त्यो काम को कारणले एक- अर्का लाई हानी हुन पुग्छ । हरेक हानिकारक कुरा ले आर्को हानी निम्ताउछ र दुख बृद्धी हुन्छ । उनिहरु सुख को खोजी गर्दा गर्दै पनि सुख कहिल्ले प्रप्त गर्न सक्दैनन , पाउछन त केबल दुख ।

अन्त्य मा सिद्धार्थ ले सबै दुख को हल निकाले उनमा एक प्रकार को चमक र ज्योती छाएको थियो । उनि अब साधारण ब्यक्ती थिएनन । उनको मुहर मा शान्त र मन्द मुस्कान छाएको थियो । भनिन्छ मध्य दिउसो को चारको घाम मा सिद्धार्थले आकश मा हेरे अनी बिहानि को तार देखे । उनि मा आनौठो आभास भयो, सारा जगत लाई बुुझ्न सक्ने भए उनि ।

अन्तत उनले बुद्धत्व प्रप्त गरे, उन ले प्रप्त गरेको ज्ञान र कर्म का सिद्धान्त नै बुद्धत्व हो । यही ज्ञान नै पछी गएर बुद्ध धर्मको रुप मा प्रचलन मा आयो । यसरी उनि सिद्धार्थ बाट सिद्धार्थ गौतम हुन पुगे । र बुद्ध , ज्ञानी , अध्यत्मिक र सत्यबढी भए । ६ बर्ष पहिले देखी को खोज को अन्त्य भयो । यो दिन पुर्णिमा को रात थियो जुन दिन उन ले बुद्द्त्त प्रप्त गरे । चन्द्रमा को चम्किलो ज्योती ले पुरै गाउ लाई ढकेको थियो , त्यस बैशाख पुर्णिमको दिन ।

यही दिन लाई पुन स्मरण गर्दै आज २५६४ औं बुद्धजयन्ती मनाइँदै छ।  हरेक बर्ष बैशाख पुर्णिमा को दिन बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्ध नेपालमै जन्मिएको कारण नेपाली हुनुमा आज शान भएको छ । विश्वलाई गौतम बुद्ध जन्मिएको देशको नागरिक भनेर भन्न पाउनु हरेक नेपालीको गर्व बनेको छ ।