वक्सिङमा स्वर्ण पदक विजेता भुपेन्द्रलाई परिवर्तन गाँउपालिकाद्धारा सम्मान

असार ०८, २०७७     सम्पूर्ण कुरा



हालै सम्पन्न तेह्रौ दक्षिण एसियालि खेलकुद प्रतियोगीता ( साग ) मा वक्सिङ तर्फ स्वर्ण पदक विजेता रोल्पा परिवर्तन गाँउपालिका निवासी भुपेन्द्र थापा मगरलाई आज एक कार्यक्रमको आयोजना गरि परिवर्तन गाँउपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । सगमा २० वर्ष वक्सिङ खेलमा स्वर्ण पदक जितेर राष्ट्रको साथै रोल्पा जिल्लाकै नाम विश्वभरी चिनाउन सफल भई राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै नगद ३१ हजार,सम्मान पत्र सहित सम्मान गरेको हो । गाँउपालिकाका अध्यक्ष निमकान्त डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै स्वर्ण पदक विजेता थापाले उक्त स्थान सम्म पु¥याउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए साथै आफ्नो जिवनकाल खेलकुद क्षेत्रमै समर्पित गर्ने र आगामि दिनहरुमा अझ महत्वपूर्ण स्थान हासिल गर्ने गरी आफु अगाडि बढेको उहाँले बताउनुभयो । कार्यक्रममा गा.पा. उपाध्यक्ष हित कुमारी वुढा, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियार,विभिन्न वडाका अध्यक्षहरुले बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको थिए । कार्यक्रमको संचालन शिक्षा अधिकृत चित्रा वस्नेतले गर्नुभएको थियो ।