ज्ञानज्योतिले जन्माएका पत्रकारिताका हस्तीहरु

असार ०९, २०७७     डि.आर.एन.


ज्ञानज्योती तुलसीपुरको एउटा प्रतिष्ठित शैक्षिक संस्था । तुलसीपुरमा रहेको ज्ञानज्योती कलेज विगत १२ वर्ष अघि देखि शिक्षाको क्षेत्रमा अतुलनिय भुमिका निर्वाह गर्दै आईरहेको संस्था हो । कक्षा १ दखि १० सम्म पर्सेनीमा संचालित छ भने प्लस टु लेभल र व्याच्लर लेभलका कक्षाहरु तुलसीपुरमा संचालित छन् । यति मात्रै नभएर विभिन्न स्थानमा ज्ञानज्योती ग्रुपद्धारा संचालित विद्यालयहरु संचालनमा आएका छन् । दुरदराजमा रहेका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले ज्ञानज्योतीका थुप्रै शैक्षिक संस्थाहरु ठाउ ठाउमा संचालित छन् ।
अहिले कुरा गरौ तुलसीपुरमा अवस्थित ज्ञानज्योती कलेज जहाँ कक्षा ११ र १२ मा थुप्रै संकाय मार्फत पढाई भईरहेको छ भने व्याचलमा ज्ञानदिप कलेजको नामबाट पनि थुप्रै संकायहरु पढाई भईरहेको छ । करिव तीन हजार विद्यार्थीको थलो रहेको ज्ञानज्योतीमा विद्यार्थीको मागलाई मध्यनजर गर्दै र उच्च शिक्षा अध्ययनको लागि जिल्ला छाडेर वाहिरी जिल्ला जान नपरोस भन्ने उदेश्यले नयाँ नयाँ शैक्षिक कार्यक्रमहरु हुने गर्छन । जिल्लामै नयाँ नयाँ शैक्षिक कार्यक्रम ल्याई पठनपाठन सुरु गर्ने ज्ञानज्योतीको एउटा महत्वपूर्ण शैक्षिक कार्यक्रम हो पत्रकारिता

मैले पनि पत्रकारिता विषय अध्ययन गरेकाले सुरुदेखिनै मलाई ज्ञानज्योतिको पत्रकारिता विषयको अध्ययन र अध्यापनलाई नजिकबाट नियाल्ने मन थियो ताकि तुलसीपुरमा पत्रकारिता विषयको अध्यापन त भईरहेको छ तर अध्यापन अनुसारको जनशक्ति उत्पादन भएको छ कि छैन भनेर । मैले ज्ञानज्योतिका केहि प्रमुख व्यक्तिहरु संग सोधखोज गरे । ज्ञानज्योतिका प्रमुख सुरेन्द्र जिसी,व्यवस्थापन संकाय प्रमुख मनोज केसी,शैक्षिक संयोजक शरद गौतम र पत्रकारिता विषयका प्रमुख वसन्त आचार्य संग समग्र ज्ञानज्योतिको पत्रकारिता विषयको गहिराईमा पुग्ने कोशिष गरे । वि.सं २०६५ सालदेखि तुलसीपुरमा पत्रकारिता विषयको पनि पढाई हुन जरुरी छ भन्दै केहि चुनौति मोलेर पत्रकारिता विषय सुरु गरेको वताउदै प्रमुख सुरेन्द्र जिसीले हाल पत्रकारिता विषय प्रतिको आकर्षण देखेर खुसी लाग्न गरेको वताए । अहिले पनि कक्षा ११,१२ र व्याच्लर लेभलमा करिव करिव २०० जनाले पत्रकारिता विषय अध्ययन गरिरहेको उनले जानकारी दिए ।

पत्रकारिता गर्नु मात्रै ठुलो कुरा होईन,पत्रकार भईसकेपछि समाजको लागि केहि न केहि योगदान दिन सक्नुपर्छ,सहि सुचना सम्प्रेषण गर्न सक्नुपर्छ – ज्ञानज्योतिका पत्रकारिता विषयका प्रमुख वसन्त आचार्यले कुराकानीको क्रममा व्यक्त गरे । आफुले पढाएका विद्यार्थीको वारेमा गफिदै उनले ज्ञानज्योतिले पत्रकारिता विषय पढाउने काम मात्रै नगरेको र पढाई संगसंगै थुप्रै जनशक्ति उत्पादन समेत गरेको बताए । कलेजको शाख र गरिमालाई पत्रकारिता विषयले उचाईमा पु¥याएको वताउदै व्यवस्थापन संकाय प्रमुख मनोज केसीले जिल्लामा नयाँ कार्यक्रमको रुपमा पत्रकारिता विषय संचालन गरी सफलता पाएको खुसी व्यक्त गरे । यसैगरी ज्ञानज्योतिको समग्र शैक्षिक कार्यक्रम हेर्दै आएका शैक्षिक संयोजकको रुपमा कार्यरत शरद गौतमले ज्ञानज्योतिका विभिन्न कार्यक्रम मध्ये पत्रकारिता विषय एउटा गर्व गर्न लायक विषय भएको वताए । ज्ञानज्योतिले पत्रकारिता विषय पढाएर विद्यार्थीलाई घरमा नबसाएको बताउदै थुर्पै विद्यार्थीहरु आफुले हासिल गरेको शिक्षा अनुरुप विभिन्न मिडियामा कार्यरत भएको बताए । स्थानियका साथै राष्ट्रिय स्तरका मिडियामा पनि आफ्ना विद्यार्थीलाई काम गरेको र उनीहरुको नाम सुन्न पाउदा खुसीले प्रफुल्ल हुने बताए ।

विगत १३ वर्ष अघि देखि निरन्तर रुपमा पत्रकारीता विषय पढाउदै आएको ज्ञानज्योतिले थुप्रै यस्ता हस्तीहरु जन्माईसकेका छन् जसले पत्रकारीतालाई लिड गरिरहेका छन् । ज्ञानज्योतीमा पत्रकारिता अध्ययन गरी पत्रकारितालाई व्यवसायिक रुपमा अगाडि बढाईरहेका थुप्रै जनशक्तिका विच हामिले केहि हस्तीहरुसंग सम्पर्क गरी उनीहरुको पढाई,भोगाई र अनुभवलाई सेयर गर्दैछौ ।

१) पूर्ण केसी मुस्कान
तुलसीपुरमा अबस्थित ज्ञानज्योति कलेज बाट मैले मानवीय संकाय अन्तरगत पत्रकारीता विषय बाट स्नातक उतिर्ण गरे । मैले ज्ञान ज्योतिमा प्लस टु र ब्याचलर दुबैमा पत्रकारीतानै पढे , किनकि यो विषय मेरो रुचिको विषय थियो । मलाई पत्रकारीताको मुल्य यसको धर्म केही थाहा थिएन । समाचार कसरी लेख्ने , समाचार लेख्दा के के कुरा अनिवार्य हुन्छ । समाचारका नियम , ढाचा लगायत धेरैधेरै कुरा मैले जान्न सफल भए जब म ज्ञान ज्योति कलेजमा पत्रकारीता पढे ।
पत्रकारीतामा खारिनु भएका अनुभवी गुरु वसन्त आचार्यले हामीलाई पत्रकारीताको किताबी ज्ञान मात्र होईन ब्यवहारिक ज्ञान दिनुभएको छ । जब मैले पत्रकारीता पढेर रेडियो पत्रकारीता सुरु गरे, म अरु भन्दा फरक तरिकाले अगाडी बढे र रेडियो यात्रा सुरु गरेको पनि ९ वर्ष पूरा भएको छ । हाल म स्थानीय एक सामुदायिक रेडियोको सम्पादकको भुमिकामा छु र केही अनलाईनमा पनि समाचार प्रमुखको भुमिका निर्वाह गर्दै आएको छु । मैले जे पढे त्यो ब्यवहारमै लागू गर्दै अगाडि बढे र बढिरहने छु । पत्रकारीता पढेर आए यो क्षेत्रमा धेरै राम्रो स्कोप देख्छु । यो क्षेत्रमा राम्रो गर्नेलाई पत्रकारीता जागीर पनि बन्छ । यदि साच्चै व्यवसायीक , र टिकाउ पत्रकारीता गर्ने हो भने पत्रकारीता पढ्न आवश्यक छ । जसको लागि काठमाडौमै जानू पर्छ भन्ने छैन । तुलसीपुरको ज्ञान ज्योति पनि पत्रकारीता विषयको गन्तव्य बन्न सक्छ ।

२) प्रेम पुन
तुलसीपुरकै एक सामुदायिक रेडियोमा कार्यरत थिए । त्यसैवेला म ज्ञानज्योति कलेजमा पत्रकारीता पनि पढ्दै थिए । पत्रकारीता पढेकै कारण पत्रकारीता पेशामै रमाउने झनै रुचि वढ्यो । ज्ञानज्यातिमा पत्रकारीता पढेकै कारण आज पनि मैले पत्रकारीता क्षेत्र छाड्न सकेको छैन । काठमाडौमा वसेर पत्रकारीता गरिरहेको छु । अहिले गज्जवको अनलाईन,रातो पर्दा लगायतका मिडियामा कार्यरत छु । आफुलाई पत्रकारिता क्षेत्रमा हराउने र रमाउने कोशिष गरिरहेको छु । शिक्षा प्रदान गर्ने ज्ञानज्योति प्रति आभारी छु ।

३) विशाल कार्की
ज्ञानज्योतिले मेरो पत्रकारीताको भुतलाई अझ बढायो । तुलसीपुरकै एक सामुदायिक एफएममा मैलै कार्यक्रम संचालकको रुपमा काम गरे । त्यस पछि मैले रेडियोमा प्राविधिकको जिम्मेवारी पनि सम्हाले । मैले पत्रकारिता पढे संगै पत्रकारिता क्षेत्रमा व्यवसायिक तरिकाले काम गर्ने ईच्छा जाग्यो र काठमाडौ गए । त्यहाँ मैले केहि समय नेपाल एफ.एम मा काम गरे त्यसपछि विविसी को साझा सवालमा पनि केहि महिना काम गरे र अहिले उज्यालो ९० नेटवर्कमा काम गरिरहेको छु । सामाजिक संजालका लागि नयाँ नयाँ कन्टेन्ट क्रियट पनि गर्छु । ज्ञानज्योति लाई विशेष धन्यवाद पत्रकारिता विषय ल्याई हामिलाई पढ्ने अवसर दिएकोमा ।

४) प्रदिप भण्डारी
पत्रकारिता पढ्दै गर्दा पत्रकारिता गर्ने रहर पलायो । ज्ञानज्योतिका पत्रकारिता विषय अध्ययन पश्चात तुलसीपुरको एक सामुदायिक एफएममा करिव २ वर्ष काम गरे त्यसपछि मैले नेपाल समाचार पत्रमा काम गरे । अहिले दैनिक खवर नेपालमा रिपोर्टरको रुपमा काम गरिरहेको छु । युट्युवमा कन्टेन्ट बनाउने काम पनि गर्छु ।

५) नन्दराम खड्का
पत्रकारीतामा रुचि थियो अनि मैले आफ्नो ईच्छा पुरा गर्ने थलो ज्ञानज्योतिलाई पाए । त्यहाँ मैले पत्रकारीता विषय अध्ययन गरिरहेको छु । अहिले मैले ज्ञानज्योतिमा व्याच्लर लेभलमा पत्रकारिता विषय पढिरहेको छु । रोल्पा जिल्लाको होलेरीमा अवस्थित सामुदायिक रेडियो सुनछहरीमा केहि वर्ष काम गरे । हाल म न्यूज २४ मा रोल्पा जिल्लाको सम्वाददाताको रुपमा कार्यरत छु । ज्ञानज्योति परिवारलाई विशेष धन्यवाद दिन चाहान्छु ।

६) मेघराज डाँगी
ज्ञानज्योतिमा पत्रकारिता विषय अध्ययन गरे । रेडियो वोल्ने भन्दा पनि लेख्ने र केहि नयाँ नयाँ कुराहरु डिजाईन गर्ने रहर थियो । ज्ञानज्योतिमा पढ्दै गर्दा ति कुराहरु सिक्ने अवसर प्राप्त भयो । कसरी नयाँ नयाँ कुराहरु क्रियट गर्ने भन्ने वारे सिक्ने अवसर मिल्यो । हाल म विभिन्न अनलाईनहरुमा डिजाईन गर्ने,लेख लेख्ने र तुलसीपत्र राष्ट्रिय दैनिकमा डिजाईनरको रुपमा कार्यरत छु ।

यो संगै ज्ञानज्योतिमा पत्रकारिता विषय पढेका अन्य केहि विद्यार्थीहरुपनि मिडियामा काम गरिरहकेका छन् । जसअन्तर्गत अभिषेक डाँगी,विवेक वली,सन्तोष बुढाथोकि लगायतले पनि विभिन्न मिडियामा काम गरिरहेका छन् ।

ज्ञानज्योति भवन

पत्रकारितामा चर्चित भएपनि पढ्ने अवसर ज्ञानज्योतिले दियो

१) देविराम कुसारी
समान्यतया पढाईमा म पहिले देखी नै कमजोर थिए तर पनि पढ्नु पर्छ भन्ने मान्यता सानै देखी थियो । कक्षामा सवैका विचमा सरहरु वाट रामै्र चर्चा पाउने तर पनि रिजेल्टमा जहिले पनि कमजोर हुनेगथ्र्य । जेनतेन आई.कम पास गरेपछि पढाईलाई थाती राखेर म पत्रकारीतासंगै नोकरीमा लागे । नोकरी गरे पनि मुख्य पेसा भने पत्रकारीता नै भयो । मलाई जिवनमा तीन चार वटा प्रसगले एकदम सताउथ्यो । पहिलो त मेरो पेसा पत्रकारीता थियो पढाई व्यवस्थापकिय, दोस्रो म स्थानिय तहमा काम गर्दै गर्दा म भन्दा कम पढेको र कम उमेरकोले रानीतिक आडमा मेरो शिक्षालाई हेपेर वोलेको थियो । तेस्रो अब के पढ्न सकिला त ? आदी आदी ।
म पत्रकारीतामै सक्रिय थिए तर पढाई भने पत्रकारीता थिएन । दाङमा मलाई पत्रकारितामा गुरु मान्ने धेरै छन् । म मा पत्रकारीताको अनुभव थियो तर शिक्षा थिएन, मैले थुप्रै तालिममा प्रशिक्षकको भुमिका निर्वाह गरेको छु तर विद्यार्थी भएर शिक्षा लिएको थिएन । यी सवालको व्यवहारिक उत्तर दिने मनमा ठुलो रहर थियो । यी सवालले म मा पत्रकारीता शिक्षाको प्यास जगाएको थियो । दाङमा पत्रकारीता पढाई थिएन, म पढाई छोडेर बसेको थिए । उमेरले पनि ३५ काटी सेकेको थियो अब के पढ्न सकिएलार भनेर मनमा पढाइको रहर हुदाह्दै पनि अन्य वाध्यताले खुम्चिएको थिए । यही अवस्थामा तत्कालिन समकक्षी मेरो साथी बसन्त बिवश आचार्यसंग विषय प्रशंगले पढाइका कुरा चले । पहिलो पटकमा पढ्नका लागि प्रेरित गरेका साथी आचार्यले कसरी भर्ना हुने, अध्ययन कसरी गर्ने, कहाँ पढ्दा राम्रो हुन्छ ? यावत विषयमा उर्जाशिल जानकारी गराउनु भयो । यती मात्रै हैन उहाँले दाङमा पत्रकारीता पाढई सुरु गरेको एक मात्र विद्यालय ज्ञानज्योतीका प्राचार्य सुरेन्द्र जिसी सरसंग भेट समेत गराउनु भयो । जब सुरेन्द्र सरसंग भेट भयो म पढ्छु भन्नेमा ढुक्क भए । पढाई छोडेका पत्रकारहरुलाई वार्षिक रुपमा एक जनालाई निशुल्क पढाउने ज्ञानज्योती विद्यालयको कार्ययोजना सुनेपछि त म एक खालले पत्रकारीतामा वि.ए.को पढाई सक्छु भन्नेमा ढुक्क भए । मेरो नाम लेखाउने, परिक्षा शुल्क मिनाह गर्ने, किताव किन्ने, रुटिङको वारेमा जानकारी दिने यद्यपी प्रवेशपत्र मकहाँ पठाउने सम्म काममा प्राचार्य सुरेन्द्र जिसी, साथी प्रध्यापक वसन्त बिवश आचार्य र ज्ञानज्योती परिवारले गरेको सहयोग र समन्वय मेरो शैक्षिक जिवनमा गर्विलो इतिहाँसनै भनेको छ । साथी संगित वस्याल र म संग संगैे पढ्यौं । परिक्षाको परिणाम सारै राम्रो नभएपनि ज्ञानज्योतीमा राम्रै पहिचान वनाउदै पत्रकारिता विषयमा व्याचलर पास गरियो । म अभारी छु ज्ञानज्योती परिवार प्रति ।
साथी वसन्त बिवश आचार्य, प्राचार्य सुरेन्द्र जिसी र यही ज्ञानज्योती विद्यालयको सहकार्यका कारण अहिले मलाई डिग्री पढाइको मार्ग प्रसस्त भएको छ । डिग्रीमा राजनीतिशास्त्र अध्ययनको ढोका खोलेकोमा ज्ञानज्योती विद्यालयलाई आभार प्रकट गर्दै एम.ए.मा राजनीति शास्त्र पढाईमा पे्ररणा दिदै भर्ना गर्न सहयोग गर्ने पत्रकारीताका गुरु दाई सुदिप गौतम र सुदर्शन रिजाल धन्यवाद ज्ञापन गर्दछु

२) संगीत वस्याल
ज्ञानज्योति प्रति आभारी छु । पत्रकारीता पढ्ने रुचि थियो तर दाङमा पत्रकारीताको पढाई खासै थिएन । पत्रकारीता गरिरहेकै थिए त्यसैवेला मित्र वसन्त जि र ज्ञानज्योतिका प्राचार्य सुरेन्द्र जिसीको सल्लाहमा मैले उक्त कलेजमा पढ्ने अवसर पाए । त्यसको लागि ज्ञानज्योति परिवार सुरेन्द्र जिसी,मित्र वसन्त जि प्रति आभारी छु ।

ज्ञानज्योतिले सुरु गरेको पत्रकारिता विषयको अध्यापनले नयाँ शैक्षिक कार्यक्रम संचालन गर्नुका साथै पत्रकारिता क्षेत्रमा जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण योगदान समेत पुर्याएकाे छ । । जिल्लामा पत्रकारिता विषयको पठनपाठन सहजै संचालन गर्न सकिन्छ भन्ने गतिलो सन्देश दिएको छ ज्ञानज्योति कलेजले ।