अष्ट्रेलिया र जिम्बाबे बीचको सिरिज स्थगित

असार १६, २०७७


अष्ट्रेलिया र जिम्बाबेबीच आगामी अगष्टका लागि तय भएको एकदिवसीय क्रिकेट सिरिज स्थगित भएको छ । कोरोनाभाइरसको महामारीको कारण तीन खेलको सिरिज स्थगित भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

जिम्बाबे क्रिकेटसँगको छलफलपछि सहमतिमै सिरिज स्थगित क्रिकेट अष्ट्रेलियाले गरिएको जनाएको छ ।

अष्ट्रेलियाले आगामी अगष्ट ९ देखि १५ सम्म घरेलु मैदानमा जिम्बाबेसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने तय भएको थियो ।


यस्तै अष्ट्रेलियाले क्रिकेटले जिम्बाबेसँगको छलफलपछि सिरिजको अर्को मिति निकाल्न प्रतिबद्ध भएको जनाएको छ ।

जिम्बाबेले २००३-०४ देखि अष्ट्रेलिया भ्रमण गरेको छैन । त्यतिबेला जिम्बाबेले अष्ट्रेलियासँग दुई टेष्ट खेलेको थियो । यस्तै अष्ट्रेलियाले भने पछिल्लो पटक सन् २०१८ मा टि-२० सिरिज खेल्न जिबाव्बे भ्रमण गरेको थियो ।