निष्कर्ष

असार २८, २०७७     थम्मन निर्दोषी बस्नेत


चिन्तन मननमा डुब्ने मस्तिष्कहरुलाई बिचार मन्थनका लागि  बिषयबस्तुहरु फेला पार्न खासै अप्ठ्यारो पर्दैन। तर कतिपय मानिसहरूलाई बिचारहरु कुन गति र परिस्थितिमा परिवर्तन हुन्छ्न भन्ने कुराको हेक्का नहुन सक्द्छ। ठोकुवा गरेर भन्न सक्ने कुरा के होला भने बिचारहरुको परिवर्तन हुँदै जादा चिन्तनको बिषयमा रहेका मुलभुत कुराहरु ओझेल पर्द्छन कि भनेर सजग रहन सक्नु वास्तविक बिश्लेषकको पहिचान बन्द्छ। म हरेक कुराहरुलाई सहज र सतही रुपले व्यक्त गर्न त सक्दिन तर पनि मेरो विचारमा अहिले हामीले पढ्ने, सुन्ने र बहस गर्ने हरेक बिषयहरु कुनै न कुनै सारमा अल्झिएको हुन्छ। मानिसहरु बेद ब्यास, रामयण, गीता, महाभारत, उपनिषद्  अनि बिश्व हल्लाएका इतिहासहरुको बिषयहरुमा घनिभुत छलफल गरिरहेका हुन्छ्न। यसरी गरिने छलफलहरुमा आ-आफ्ना तर्क बितर्कहरु अघि सारेर निचोड र निष्कर्ष दिन तल्लीन हुन्छ्न।आज हाम्रा सामु प्रस्तुत सम्पुर्ण ग्रन्थहरु, लेख रचनाहरु दर्शनहरु कुनै न कुन निष्कर्ष बोकेर तयार भएका पाइन्छ्न। यस्ता अमुल्य निधिहरु  मौलिक र प्रथम वाणी नभए पनि मानव मस्तिष्कलाई गतिलो खुराक बनेका छ्न। मैले यहाँ मौलिक र प्रथम वाणी भनिरहदा हामीले ती निधिहरुलाई हाम्रो जस्तै मानव मस्तिष्कले कुनै ठोस निचोडमा आधारित भएर रचना गरिएको कृति हो भन्न खोजिएको छ। यी र यस्तै जति पनि कथाहरु बनेका छ्न वा बनाइएका छ्न सबै कसै न कसैको मस्तिष्कले पुनरावृत्ति गरेको आधारमा तयार पारिएका हाम्रा लागि रचित अमुल्य निधिहरु हुन जस्तो लाग्दछ। यसो भन्दै गर्दा ती सबै तथ्यहरु कुनै समयमा घटित घटना वा परिघटनाहरुको सारमा टेकेर तयार गरिएका दस्तावेजहरु हुन भन्दा अतिशयोक्ती नहोला। ब्रह्माण्डको उत्पति सम्बन्धमा हामीले विभिन्न बिचारहरु, किम्बदन्तीहरु सुनेका वा पढेका छौ। विभिन्न धर्मग्रन्थहरु, बिज्ञान अनि नया नया खोजहरुले संसारभरिको ताकत लगाएर यसका पछाडी के रहस्य छ भन्ने कुरामा फरक फरक मत दिएका छ्न। यसमा पनि हामीहरुले एकिनका साथ बोल्न वा लेख्न सक्छौ कि ती सबै मतहरुको विकास एउटै मुलभुत बिषयमा केन्द्रित रहेर बनेका हुन्छ्न। तसर्थ हामीले यसमा पनि सारको आधारमा बोलिएका वा लेखिएका अभिव्यक्तिहरु मात्र पाएको अनुभुति गर्द्छौ।

दक्षिण अफ्रिकाका राष्ट्रपति नेलसन मन्डेलाले सुन्न सक्ने मानिस महान हुन्छ्न भन्नुको तात्पर्य पनि बहसको निचोड पत्ता लगाउनु भन्न खोजेको हुन सक्द्छ्न।

धेरै भन्दा धेरै खोज अनुसन्धानहरुले पृथ्वीको उत्पति र बिकासको बारेमा पत्ता लगाएका सम्पुर्ण सारतत्वहरुलाई आज पनि हामीहरुले छलफल वा विचार बिमर्ष गर्ने बिषय बस्तु बनाएक छौ। अहिले विभिन्न बिषयमा दखल राख्ने मानव मस्तिष्कहरुले हर सम्भव सम्पुर्ण घटना परिघटनाहरुको गहिराईमा पुगी एउटा महत्त्वपूर्ण अर्थात मनन योग्य  निष्कर्ष खोजिरहेको छन।मानिस चेतनशील प्राणी भएर पनि उसले आफ्ना अधिकतम क्रियाकलापहरुलाई पछडि फर्खिएर हेर्दैन। उ अधर्य भएर बहसको बिच बिचमा कुरोको चुरो नै थाहा नपाएरै प्वाक्क बोलिदिन्छ। जसले गर्दा छलफलमा बसेका अरुलाई पनि अलमलाई दिन्छ र बहसको टुङ्गो लाग्न पाउदैन। यद्यपि विस्मरण शक्तिले सु-सज्जित मानव मस्तिष्कलाई आफ्नै कार्यहरूको मुल्यांकन र पुनर्बिचार गर्न जरुरी लाग्दैन होला। तथापि मानिसले उक्त कुरामा ध्यान पुर्याउने हो भने छलफलका प्रत्येक बुदाहरुले निष्कर्ष पाउने थिए अनि मात्र हाम्रा बिचारहरुले सम्मान पाएको अनुभुती गर्न सकिन्थ्यो। अफसोसको कुरा मानिसले उस्कोलागी त्यसो गर्नु आबश्यक ठान्दैन पनि होला। विस्मरणको अनौठो चाबी भए पनि मानिसले जिवनका सम्पुर्ण घटनाहरु चटक्क भुल्न भने कदाचित सक्दैन।

अतितले लखेट्दै गर्दा आफुले पत्तै नपाउनेगरी बिर्सिएका धेरै कुराहरु एकतमासले आफ्नो मानस पटलमा एकत्रित हुन जान्छ्न। अनि आफ्ना भोगाइका अनुभवहरु स्मृतिको पाना, पानामा कोरिरएको पाउछ। यसै क्रममा उ सोचमग्न भएर पुराना क्षणहरुमा हराईरहेको हुन्छ।

जब त्यहा पनि उस्ले आफनो बिगतलाई नियालेर समिक्षा गरिरहेको हुन्छ तब उस्ले पुराना पलहरुको हुबहु पुनरावृत्ति पाउदैन। त्यहा केवल बितेका पलहरुको चुरो मात्र भेट्टाउछ। यसको एउटा दृष्टान्त के हुन सक्दछ भने एउटा यात्रीले कहि कतै लामो पैदल यात्रा गर्यो भने वा अग्लो पहाड छिचोल्दै टाकुरामा पुग्यो भने थकान मार्न बस्दै गर्दा होस या मनोरम दृश्य नियाल्दै गर्दा होस उस्ले लामो सुस्केरा फ्यालेर  पछाडी फर्केर आफुले पार गरेको बाटो अबश्य पनि नियालेर हेर्दछ यद्द्पी यसरी हेर्नुमा उस्को कुनै उद्देश्य नहुन सक्छ। ठिक त्यसै गरेर एउटा पहाडको टुप्पोमा पुगेको कुनै पदयात्रीले तेहि पहाडको टुप्पो बाट पहाडको फेद र आफू हिडेको बाटो एक पटक हेर्ने क्रममा उस्ले आफू हिडेको बाटो अनि त्यो यात्राको क्रममा बटुलेका अनुभवहरुको मनमनै भएपनि समिक्षा गर्दछ। यसो गर्दा उस्ले यो किन गरेको वास्ता नगर्न सक्छ । उस्ले सम्पुर्ण बाटो देख्छ वा देख्दैन,सम्झिन्छ वा सम्झिदैन। यो कुरा सङ्ग उस्को कुनै सम्बन्ध नहुन सक्दछ। तथापि  यसरी आफ्नो थकाई मार्ने र नया उर्जा लिने बखतमा प्राय मानिसहरुले केही न केही सोचेर बसेको हुन्छ। उसले  आफुले देखेका भोगेका हरेक पल र क्षणहरुलाई सरसर्ती नियालेर उसका भोगिसकेका हरेक जिवनका पानाहरुबाट मुल आशय निकाल्न खोजिरहेको हुन्छ। त्यही निचोडले मर्ग दर्शन गरेको जिन्दगी बाचिरहन्छ। हामीले आफ्नो जिवनमा धेरै थोरै औपचारिक वा अनौपचारिक कार्यक्रमहरुलाई जरुर अबलोकन गरेका हुन सक्छौ अथवा त्यस्ता कार्यक्रमहरुमा हामी स्वयम् नै सहभागी भएका पनि हुन सक्छौ। ती र तेस्तै कार्यक्रमहरुमा बक्ताहरुको पंक्तिमा प्रमुख अतिथी र कार्यक्रमको सभाअध्यक्ष  को भुमिकामा कोहि न कोहि किन राखिन्छ होला भनेर मेरो कौतुहलताको एउटा भर पर्दो उत्तर के पाए भने त्यो सम्पुर्ण  कार्यक्रमको समिक्षा अर्थात  निष्कर्ष निकाल्न ती ब्यक्तित्वहरुलाई  गहन जिम्मेवारी दिइएको हुदोरहेछ। यसकारण तुलनात्मक रुपमा प्रमुख अतिथी र सभा अध्यक्षहरुले ती कार्यक्रममा उठेका हरेक सन्दर्भहरूलाई गहन र गम्भीर भएर श्रवण गरेको पाइन्छ।

अर्को दृष्टान्त लिने हो भने सम्पुर्ण अदालतहरुमा बहस हुने प्रत्येक मुद्दाहरुको बहस पैरवी पछि न्यायाधीसले निचोडमा सुनाउने फैसला पनि त एउटा निष्कर्ष नमुना नै हो भनेर बुझ्न सकिन्छ होइन र। यस्ता अरु पनि धेरै उदाहरणहरु मध्ये टि भि सेट्मा होउस या रेडियोमा आउने समाचारहरुको पनि मुख्य मुख्य समाचारको रुपमा निष्कर्ष नै प्रसारण भैरहेको पाइन्छ।


तसर्थ कहि कतै हामी गहिरो छलफलमा बिचारहरुको मन्थन गरिरहेका हुन्छौ भने त्यहा हामीले बोल्न सिक्नु पर्द्छ। छलफलमा भाग लिनेहरुले क्रम भङ्गता गरेर बोल्न खोज्यो भने लक्षित निष्कर्षमा पुग्न बाधा पर्द्छ। यसको मतलब हामीले कहिले काहीँ अरुको अपुर्ण बिचारलाई बिचमा रोकेर कुनै पदका निमित्त अन्तरबार्तामा उपस्थित उम्मेदवारले झै झटपट जवाफ दिन खोज्दा छ्लफलको मुख्य मुद्दा नै ओझेल परी निष्कर्ष हराउन सक्द्छ। निष्कर्ष खोजिरहेको तथ्य यद्यपि हाम्रो चेतनशील मष्तिकले ख्याल नगरेको हुनसक्छ। आज सम्म गरिएका आविस्कारहरु, अनुसन्धान र खोजका हरेक पाटाहरु, हरेक मुद्दा र बिषयहरुमा भए गरेका बहस पैरवीहरु, बिश्व इतिहास समेटिएका ठुला ठुला संरक्षित पानाहरु अनि  विश्वका प्रत्येक ग्रन्थहरु सबैको एउटै धेय भेटिन्छ त्यो हो सारमा पुगेर संसारलाई प्रत्येक कालखण्डको प्रष्ट दृष्टिकोण दिलाउनु वा बुझाउनु।यसरी समकालीन परिवेशलाई नियाल्दा हाम्रा सामु अनेकन दृष्टिकोणहरु खडा हुन सक्छन तथापि ती दृष्टिकोणहरु पनि निश्चित बिन्दुमा अडिएर निष्कर्षलाई नै कुरिरहेका हुन्छ्न। अन्ततोगत्वा निचोड र निष्कर्षले भावी पुस्ताका लागि आफ्नो अस्तित्वको बहसमा अल्झाईरहन सफल हुन्छ। अत: संसारमा अमर भएर रहन सक्ने निष्कर्ष बनेर मात्र मर्त्यलोक छोडेर जान सकियो भने पार्थिव शरीर पनि सम्झनामा कहिल्यै ओइलाउनु पर्दैन।