अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

भदौ ०५, २०७७


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन् । रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जनाकारी दिए । रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।  रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन् । उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ । आफुले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताए ।