भदौ १२ गते ‘नेपाल आइडल ३’ को फाइनल हुँदै , को को छन् प्रतिस्पर्धी ?
भदौ ०६, २०७७
काठमाडौं चर्चित साङ्गीतिक रियालिटी शो ‘नेपाल आइडल’को सिजन ३ अहिले चलिरहेको छ । गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ कोरोनाभाइरसका कारण ढीलो भएको छ ।
कोरोनाको रोकथामाको लागि गरिएको लकडाउनका कारण नेपाल आइडल कार्यक्रम केही समय स्थगित भएको थियो । तर लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको थियो । तर अब यसको फाइनल पनि आइसकेको छ ।
नेपाल आइडल ३ अर्को साता हुने बताइएको छ । यसको फाइनल भदौ १२ गते हुने बताइएको छ । यस सिजनमा टप ३ मा महोत्तरी बर्दिबासका किरण भुजेल,मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् ।
नेपाल आइडलको फाइनलमा अब यी तीनै जना प्रतिस्पर्धा गर्नेछन् । यी तीन जनामा कसले नेपाल आइडलको उपाधि हात पार्छ त्यो हेर्न बाकीँ नै छ ।