कोरोनाका कारण प्रभावित भएका चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्दै राजेश हमाल
भदौ १०, २०७७
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा दैनिक गुजारा गर्ने मानिसहरु प्रभावित भएका छन् । कोरोनाकै कारण धेरै मजदुरले काम गुमाएका छन् ।
यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरुले आफुले सकेको सहयोग गरिरहेका छन् । यसैबीच महानायक राजेश हमालले पनि कोरोनाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् ।
उनले चलचित्र प्राविधिकहरूलाई ५ लाख सहयोगको घोषणा गरेका छन् । उनले उक्त रकम दैनिक गुजारा चलाउन समस्या भएका सय जना प्राविधिकहरूलाई दिने बताइएको छ । यसअघि पनि अभिनेता तथा मोडल पल शाहले पनि सहयोगको पोको बोकेर कालिकोट पुगेका थिए ।