अभिनेत्री अदिती वुढाथोकीले अभिनय गरेको पन्जाबी गीतको भिडियो सार्वजनिक
भदौ ११, २०७७
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अदिती वुढाथोकीले अभिनय रहेको पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ ।
चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदितीले ‘रुसिया लग्दानी’ बोलको पञ्जाबी गीतको भिडियोमा अभिनय गरेकी हुन् ।
पञ्जावी गायक राहुल लखनपालको स्वरमा रहेको गीतको भिडियोमा अदितीले गायक राहुलसँग रोमान्स गरेकी छिन् । गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ ।