CPL:सन्दीपको जमैका दुई खेल अगावै सेमिफाइनलमा, साविक विजेता बार्बेडोस गाएनासँग पराजित
१९ भदौ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलिन जमैका तल्लावाहज क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० को सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा साविक विजेता बार्बेडोस ट्राइडेन्ट्स गाएना अमेजन वारियर्ससँग ६ विकेटले पराजित भएपछि जमैका दुई खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने पक्का भएको हो ।
बार्बेडोसले दिएको ९० रनको सामान्य लक्ष्य गएनाले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि नै ट्रिनबागो नाइटर इडर्स, गाएना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । अब लिग चरणको खेलपछि शीर्ष चारमा रहेका टोलीमध्ये पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच सेमिफाइनल खेल हुनेछ ।
लिगमा अब बाँकी खेलहरु :-
सेप्टेम्बर ५ : ट्रिनबागो Vs सेन्ट लुसिया
सेप्टेम्बर ५ : जमैका र Vs बार्बेडोस ( १२ बजे राति )
सेप्टेम्बर ६ : सेन्ट किट्स Vs ट्रिनबागो
सेप्टेम्बर ६ : सेन्ट लुसिया Vs जमैका ( १२ बजे राति )
पहिलो सेमीफाइनल : सेप्टेम्बर ८ ( अंकतालिकामा पहिलो र चौथो )
दोश्रो सेमीफाइनल : सेप्टेम्बर ९ ( अंकतालिकामा दोश्रो र तेश्रो )
फाइनल : सेप्टेम्बर १०