पल,आकाश र पूजाको ‘काले केटा २’ लाई सकारात्मक प्रतिक्रिया (भिडियो)
असोज २६, २०७७
दर्शकको रोजाईमा रहेका पछिल्लो समयका तीन कलाकार पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ पहिलोपटक एकै फ्रेममा देखिएका छन्।
दुर्गा खरेलको आवाजमा रहेको गीत ‘काले केटा २’ को भिडियोमा यी तीन कलाकारलाई एकसाथ प्रस्तुत गरिएको छ। दुर्गा प्रसाद आमगाईको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको एरेन्ज र संगीत रहेको छ।
गीतमा गायिका खरेललाई गायक प्रताप दासले साथ दिएका छन्। विधान कार्कीले निर्देशन गरेको यो भिडियो कलाकारका कारण नै प्रतिक्षित बनेको थियो।
यतिबेला युट्युवमा यो गीतलाइ दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्। उत्सव दहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ।