आईपीएलको अर्को सिजनमा थप एक टिम समावेश

कार्तिक २६, २०७७


काठमाडौं । कोरोना भाइरस महामारीबीच १३औं सिजनमा इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा सकिएको छ । फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौंपटक आईपीएलको उपाधि जितको छ । 

१३औं सिजनको आईपीएल समाप्तीसँगै बीसीसीआईले १४औं सिजनको तयारी सुरु गरेको जनाइएको छ । द हिन्दुमा प्रकाशित रिपोर्टअनुसार बोर्डले अर्को सिजनको आईपीएलमा थप एक नयाँ टोली समावेश गर्ने योजना बनाएको छ । यसका लागि आईपीएल २०२१ पूर्व पूर्ण अक्सनको हुनेछ । जसका लागि यसअघि नै घोषणा गरिएको छ । 

२००८ मा सुरु भएको आईपीएलका तीन सिजनमा आठभन्दा बढी टिम थिए । त्यस्तै १४औं सिजनमा पनि बीसीसीआई प्रतियोगिताअघि नवौं टोली समावेश गर्न चाहेको जनाइएको छ ।

रिपोर्टअनुसार बोर्डले फ्रेन्चाइजीलाई अनौपचारिक रूपमा संकेत दिइसकेको उल्लेख गरिएको छ । आईपीएलमा नवौं टोलीलाई समावेश गर्ने बीसीसीआईको यस कदमलाई महामारीबीच भएको आर्थिक नोक्सानको भरपाई गर्ने योजनासँग व्याख्या गरिएको छ ।