विश्व कप छनौट : उरुग्वेको सानदार जित

कार्तिक २९, २०७७


काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको  विश्व कप छनौटमा शनिवार बिहान भएको खेलमा उरुग्वेले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा उरुग्वेले कोलम्बियालाई ३(० गोलले पराजित गरेको हो । 

उक्त खेलमा उरुग्वेलाई जिताउन एडिनसन कभानी, लुइस स्वरेज र डरविन नुनेजले एक एक गोल गरेका थिए । उक्त खेलको पाँचौ मिनेटमा उरुग्वेका एडिनसन कभानीले गोल गरी टिमलाई अग्रता दिलाए । 

त्यसपछि दोस्रो हाफमा खेलको ५४औं मिनेटमा लुइस स्वरेजले र ७३औं मिनेटमा डरविन नुनेजले गोल गरी उरुग्वेलाई जित दिलाए । यो जितसंगै उरुग्वे ३ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।