च्याम्पियन्स लिग : लामो समयपछि आज मेस्सी र रोनाल्डो भीड्दै

मङि्सर २३, २०७७


काठमाडौं – आज राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत हुने खेलमा स्पेनिस क्लब बार्सिलोना र  इटालियन क्लब युभेन्टस भिड्ने भएका छन् । 

आज हुने खेल निकै महत्वका साथ हेरिएको छ । किनकी लामो समयपछि बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र  युभेन्टसका क्रिस्टियानो रोनाल्डो प्रतिस्पर्धा गर्दैछन् । मेस्सी र रोनाल्डोबीच दर्शकले खेल हेर्न नपाएको साढे २ बर्ष बितिसकेको छ । 

आज हुने खेलको लागि दर्शकहरु निकै उत्साहित भएका छन् । यसअघि गत अक्टोबर २९ मा भएको पहिलो लेगमा बार्सिलोनविरुद्धको खेलमा रोनाल्डोले खेल्न पाएका थिएनन् । 

किनकी त्यस समय उनी कोरोनाभाइरस संक्रमित भएका थिए । च्याम्पियन्स लिग अन्तर्गत को समूह जीमा बार्सिलोना १५ अंकका साथ शीर्षस्थानमा रहेको छ भने युभेन्टसको १२ अंक रहेको छ ।