रंगभेदी टिप्पणी गरेको भन्दै इस्तानबुल र पीएसजीका खेलाडीले १५ मिनेटमै छाडे मैदान

मङि्सर २४, २०७७


काठमाडौं । जातिय विभेद भएको भन्दै च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा टर्कीको इस्तानबुल र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडीले पहिलो हाफको १५ मिनेटमा मैदान छाडेका छन् । 

उनीहरुले खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिन बताएका थिए । उनले बेन्चतर्फ इंगित गर्दा रंगभेदी व्यवहार गरेको आरोप इस्तानबुलका खेलाडीहरुले लगाए । 

पहिलो हाफको १५ मिनेट सकिँदा दुबै टोली गोलरहित बारबारीमा रोकिएका थिए । सोही क्रममा दुबै टोलीका खेलाडी मैदानमा विरोध गर्दै बाहिरिएका थिए ।  

लामो समय छलफल गर्दा पनि रेफ्री र दुई टोलीबीचका खेलाडीहरुको सहमति नहुँदा खेल रोकिएको थियो । दुबै टोलीले उक्त रेफ्रीलाई हटाएपछि मात्र मैदान फर्कने बताएका थिए ।